काठमाडौं । वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । संगीतकार राजनराज सिवाकोटीको संगीत, गायिका मिलन नेवार र वरिष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स / मास्टर गरेका छन् ।
ताप्लेजुङको फुङलिङ बजारमाअवस्थित यो ‘चिया दोकान’को लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ । गीतको भिडियोमा नव कलाकारहरू नवीन भट्टराई, मारियम सिवा, निर्मला लावुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन् । गीतको कोरियोग्राफी हिमा बराईली (बि बोइङ डान्स सेन्टर०)ले गरेकी छन् ।
क्यामेरामा भूपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटी पार्लर फुङलिङ बजार रहेका छन् । भिडियोको निर्देशन मिलन विश्वकर्माले गरेका छन् भने प्रोडक्सनको पूर्ण जिम्मेवारी पाथीभरा कृयशन हाउस प्रा। लि।का हर्कराज गुरुङले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया