असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छ : प्रधानन्यायाधीश राउत

लोकपथ
21
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो आएको बताएका छन् ।  

काठमाडौंमा आयोजित वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भयो भन्ने व्याप्त गुनासो आएकाले गुनासोहरु मेट्न वरिष्ठ अधिवक्ताहरूले संकल्प गर्नुपर्ने बताए । उनले इच्छा र संकल्प लिएको खण्डमा असम्भव केही नरहेको बताए ।

उनले अधिवक्ताहरू पथप्रदर्शक हुनुपर्ने पनि बताए । उनले केही समय आफूले जानेका ज्ञान, क्षमता र समय असहाय, विपन्न र कमजोरका लागि छुट्याउन आग्रह गरे । उनले आम नागरिकहरुबाट पाएको आशीर्वाद वरिष्ठ अधिवक्ताको उपाधि भन्दा ठूलो हुने बताए । 

प्रधानन्यायाधीश राउतले बदलिँदो परिवेश र समयमा सर्वोच्चको पाँचौँ पञ्चवर्षीय योजनाले ५० प्रतिशत मिलापत्र गर्ने महत्वकांक्षी उद्देश्य लिएको र वरिष्ठ अधिवक्ताहरूले मद्दत गरे उद्देश्य पूरा हुने दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?