नेविसंघकी नेतृ प्रेमिका रानामगरलाई कारबाहीको माग गर्दै दुजाङले दिए उजुरी

लोकपथ
98
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघकी नेतृ प्रेमिका रानामगर माथि कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका छन् ।

अध्यक्ष शेर्पाले प्रेमिकाले आफूमाथि लगाएको आर्थिक अनियमितता र चन्दा असुलीको छानिबन गर्न माग गर्दै  पार्टीको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएका हुन् ।

प्रेमिकाले विज्ञप्ति निकालेर ‘जय नेपाल कप’ गर्नका लागि संघका अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरुवाट अनैतिक रूपमा पैसा उठाएको उनले आरोप लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?