६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत

लोकपथ
28
Shares

सिरहा । चालु आर्थिक वर्ष २०८१र०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाकोे पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गरेको हो  । 

नगरप्रमुख चौधरीका अनुसार १४औँ नगरसभाबाट पारित जम्मा  एक अर्ब २३ करोड एक लाख ९२ हजार आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा  २८ करोड ५६ लाख ५० हजार खर्च भएको छ । यसमध्ये चालु खर्चतर्फ  २४ करोड २३ लाख तीन हजारअर्थात् १९ दशमलव ७० प्रतिशत रहेको छ । 

त्यसैगरी पुँजीगतअर्थात् विकास खर्चतर्फ  चार करोड ३३ लाख ४७ हजारअर्थात् तीन दशमलव ४५ प्रतिशत खर्च भएको हो । यहाँ २४ वटा वडा रहेका छन् । नगरप्रमुख चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द–शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिए । 

शुक्रबार उद्घाटन गरिएको १५औँ हिउँदे नगर सभाको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?