सन् २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्छौँ : मन्त्री खड्का

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमन्त्री दीपक खड्काले सन् २०३५ भित्र ऊर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्  

शुक्रबार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

खड्काले सरकारले हालै मन्त्रीपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पुर्‍याइसक्ने भनेर लिएको बताए । सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको भन्दै मन्त्री खड्काले अब कुनै पनि विकास निर्माणका काममा समय नलाग्ने बताए । 

उनले विद्युत् उत्पादनका लागि पनि सबै इन्फा स्ट्रक्चर बनिसकेकाले धेरै समय नलाग्ने उनको दाबी छ । अध्ययन भएका योजनाहरू अब थन्किएर बस्न नपाउने भन्दै सरकारले आवश्यक काम थालिसकेको बताए । उनले अहिलेको सरकार मजबुत सरकार भएकाले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्त उत्साहित बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?