दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

लोकपथ
14
Shares

दार्चुला । शिलान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि जिल्लाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिलान्यास गरेको थियो ।

अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता छ ।

अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्रीले बताए । लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ । कूल सात करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताए ।

दुहुँ गाउँपालिकामा पनि १० शैय्या अस्पताल निर्माण थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिए । आव २०७७/७८ मायमुना, कौशिल जगदम्बा जेभीले कूल आठ करोड २९ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?