काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिबारबाट काठमाडौंको एक होटेलमा सुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो ।
बैठक आजबाट सुरु भएको र आइतबारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले बताए । उनकाअनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ ।
साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरूबाट आक्रमण भएको (प्रतिशोध साँधिएको) बारेमा पनि छलफल हुने बताइएको छ ।
जनपक्षिय मुद्दालाई सशक्त रूपमा अघि बढाउनेबारेमा पनि छलफल हुने बताए । संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा पनि छलफल हुने पराजुलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया