काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।
लामो समयदेखि सञ्चारक्षेत्रमा क्रियाशील पुडासैनी हाल पालभ्युजका उपसम्पादकका रुपमा कार्यरत रहेका थिए ।
नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ९ निवासी ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो ।
गएराति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
नुवाकोट स्थायी घर भएका उनले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।
निडर पत्रकारका रुपमा परिचित पुडासैनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया