विप्लवले भने- ‘एकपटक यो देशको नेतृत्व र सेवा गर्ने चाहना छ’

लोकपथ
49
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

उनले देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गरे । उनले अहिलेको पार्टीको एकता सुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरू बढ्दै जाने बताए ।

उनले आफूहरूको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताए । उनले नेपाली नेताहरुले विदेशमा टनाटन पैसा पठाएको उनको आरोप छ । 

उनले भने, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरूले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौँ । हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रीय समितिको बैठकपछि ध्रुवीकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रूपमा अज प्रज्ञा भवनमा सुरु भएको छ । यो सुरुवात मात्रै हो । यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टि स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन । हाम्रो देशको पैसा विदेशमा टनाटन छ ।’ महासचिव चन्दले अरू राजनीतिक दलहरूले गरेका ध्रुवीकरणका कुराहरूमा नयाँ चिज नरहेको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?