‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’

लोकपथ
63
Shares

झापा ।  नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार रहेको बताएका छन् । 

पार्टीको सयदिने विशेष साङ्गठनिक अभियानअन्तर्गत आज झापा क्षेत्र नं ५ ले यहाँ आयोजना गरेको कार्यक्रममा उनले समानुपातिक व्यवस्थाको मर्म नमर्ने गरी राजनीतिक स्थायित्वका सवाल संविधान संशोधनको मुद्दा बन्ने बताएका हुन् । 

सभापति थापाले राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको अभिभावकीय भूमिकालाई थप सशक्त बनाउन हाल सञ्चालित अभियानले थप योगदान दिने बताए । थापाले कोशी प्रदेशले यही पुस २४ गतेदेखि कचनकवलबाट सोलुखुम्बुस्थित सगरमाथाको फेदीसम्म सञ्चालन गर्ने पदयात्राले तराईदेखि हिमालसम्मका नागरिकहरूलाई पार्टीमा जोड्न र नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?