सर्वेन्द्र खनालले किन छाडे एमाले ?

लोकपथ
357
Shares

काठमडौं । पूर्व प्रहरी प्रमुख (आईजीपी) समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी परित्यागको घोषणा गरेका छन् ।

केही समयदेखि पार्टीको काममा निष्कृय बनेका खनालले सामाजिक सञ्जालमा लेख्दै आफू कुनै पनि दलमा नरहेको घोषणा गरेका हुन् ।

पार्टी परित्यागसँगै आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरुको समाधानका लािग काम गरिरहेको समेत बताए । साथै देश र समाज हितका लागि आफ्नो समय अनुकुल कामहरु गरिरहने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु,’ खनालले भनेका छन् ।

०७६ साल माघमा आफ्नो कार्यकाल पूरा गरी बिदा भएका खनाल एमालेमा सक्रिय बनेका थिए । गत निर्वाचनको केही समय अघि ०७९ असोजमा उनी नेकपा एमाले प्रवेश गरेका थिए । उनलाई नेकपा एमालेले काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवार समेत बनाएको थियो ।

उक्त निर्वाचनमा पराजित भएका खनाल ०८० साल वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट समेत उम्मेदवार हुँदा पराजित बनेका थिए ।

यद्यपि खनालले एमाले छाड्नुको कारणबारे भने खुलाएका छैनन् । तर दुई संसदीय निर्वाचनमा पराजित र कतिपय घटनाक्रममा उनको नाम समेत मुछिएपछि उनी विवादमा समेत परेका थिए । त्यसपछि नै उनी पार्टीमा निष्कृय बन्दै गइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?