सार्वजनिक जग्गाको अतिक्रमण हटाइने

लोकपथ
84
Shares

काठमाडौं । सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वनसम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान सुरु गरेका छन् । महोत्तरीको बर्दिबास–४ वरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब एक बिघा जग्गा वन सवडिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काइ अतिक्रमण हटाएका हुन् । 

नदी उकास क्षेत्रको जग्गा बर्दिबास–४ का मोहित तामाङले घेराबेरा लगाएका थिए । नदी उकास जग्गा घेरबार गरी टहरा बनाउने, बाली लगाएर कब्जा गर्ने प्रवृत्ति बढेपछि यस्ता जग्गाको पहिचान गरेर अतिक्रमण हटाउने अभियान थालिएको वन सवडिभिजन कार्यालय गणन्ता ९महोत्तरी० का वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

शनिबार थालिएको यो अभियानलाई निरन्तरता दिइने वन सव डिभिजन कार्यालय गणन्ताले जनाएको छ । 

यस्ता जग्गामा वृक्षरोपण गरेर चुरेक्षेत्रमा हरियाली प्रवर्द्धन गरिन पर्ने वातावरणविद्हरुको सुझाव छ । चुरे नजिकका पर्ती, नदी उकास र भिरालो जग्गामा माटो परीक्षणबाट उपयुक्त ठहरिने वृक्षरोपण गरिए भूक्षय न्यूनीकरण हुनसँगै हरियाली प्रवर्द्धन हुने चुरे संरक्षण अभियानमा जुट्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष चुरे विज्ञ नागदेव यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?