के छ ओलीको ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ?

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो लिखित राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

एमाले मुख्यालय च्यासलमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीद्वारा पेस प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली कांग्रेस गठबन्धनको आवश्यक्ता, औचित्य र अवसर लगायतका विषयहरु समेटिएका छन् ।

‘प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन्,’ ओलीको सचिवालयले भनेको छ ।

त्यस्तै उक्त प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा सम्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि लगायतका विषयहरु समेटिएका छन् ।

बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको सङ्क्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक (८–९, वैशाख, २०८१) पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णहरुको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरुको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराएका थिए ।

बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरुले गरेको आलोचनाबारे चुप लागेर नबस्न केन्द्रीय कमिटी सदस्यहरुलाई निर्देशन समेत दिएका छन् ।

यो पनि…

ओलीको निर्देशन– ‘विरोधीका आरोपमाथि चुप लागेर नबस्नुस्’
च्यासलमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?