प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । 

उनले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए । उनले लोकसेवामार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिने गरी विज्ञापन निकालिएको बताए । 

उनले विद्युत् प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याब र वर्कसपहरू प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताए । उनले विद्युत् प्राधिकरणले १५ सय जना विद्यार्थीहरुलाई हरेक पटक लिने गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?