काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
आजबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सहभागी हुन पासाङ केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए ।
उनलाई उपाध्यक्षको कुर्सीमा राखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकको अग्रपंक्तिमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु पम्फा भुसाल र अग्नीप्रसाद सापकोटा तथा महासचिव देव गुरुङ रहेका छन् । त्यस्तै पासाङलाई उपाध्यक्षकै वरियतामा नै राखिएको छ, उनी बैठकको अग्रपंक्तिमा नै रहेका छन् ।
त्यसो त यसअघि गत बिहीबार नै पासाङ माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए । २ कार्यकाल उपराष्ट्रपति बनेका पुन कार्यकाल सकिएसँगै माओवादी केन्द्रमा पुनः सक्रिय हुँदै आइरहेका थिए ।
त्यसो त ०७२ सालमा उपराष्ट्रपति हुनुअघि पुन माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेका थिए ।
यो पनि…
विद्यादेवी–नन्दबहादुरका संयोग : सँगै देशको सर्वोच्च पद, सँगै राजनीतिमा ‘इन्ट्री’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया