एमाले बैठक : यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

लोकपथ
189
Shares

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले ४३ पुष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली कांग्रेस गठबन्धनको आवश्यक्ता, औचित्य र अवसर लगायतका विषयहरु समेटिएका छन् ।

‘प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन्,’ ओलीको सचिवालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?