इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक : ऊर्जामन्त्री खड्का

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक रहेको बताएका छन्  । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । 

उनले क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने विद्यार्थीले स्थलगत रूपमा जलविद्युत आयोजनाको अध्ययन गर्दा थप प्रवभाकारी हुने बताए । उनले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई जलविद्युत आयोजनाहरूमा लगेर अध्ययन गराउन सकिने बताए । उनले जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको भन्दै त्यहीअनुसार जनशक्ति आवश्यक रहेको बताए ।

उनले  पछिल्लो समय जलविद्युत आयोजनामा मर्मतसम्भार गर्न जनशक्तिको अभाव देखिएको उनको भनाइ छ  । उनले मुलुकलाई आवश्यक जनशक्तिहरुका लागि मुलुकभित्रै अध्ययन अध्यापन गराउन सक्नुपर्ने बताए । उनले इन्जिनियर विद्यार्थीलाई स्थलगत रूपमा इन्टर्नसिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको बताए । स्थलगत अध्ययनमा उनले क्याम्पसमा अध्ययन गर्दा क्याम्पसमा भन्दा बढी ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?