एलिट कप : पुलिसका ललितले ७ विकेट लिएपछि आर्मी १२१ रनमा अलआउट

लोकपथ
553
Shares

काठमाडौं । जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १२१ रनमा अलआउट भएको छ । 

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि सुरु  भएको  खेलमा  टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४ ओभर ४ बलमा १२१ रनमा समेटिएको हो । पुलिसका ललित एक्लैले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् ।

ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?