काठमाडौं । इटहरिको होटेल बरण्डामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम दिएको छ । उक्त तालिमको उद्देश्य सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता र क्षमता वृद्धि गर्नु रहेकोछ ।
उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थित रहेको थियो । जसमा नेपाल बीमा प्राधिकरणका कोशीप्रमुख श्री विनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव महा–प्रबन्धक श्री कविराज पौडेल, कोशी प्रदेश प्रमुख श्री नारायण गौतम रहेका थिए ।
तालिम प्रशिक्षकहरूमा बजार विभागका नायव महा–प्रबन्धक कवि राज पौडेल, दाबी विभागका प्रमुख सुभाष दीक्षित, कोशीप्रदेश प्रमुख नारायण गौतम, अण्डरराइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना, र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए ।
प्रशिक्षकहरूले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामयिक विषयहरूमा जानकारी दिएका थियो भने नेपाल बीमा प्राधिकरणका विनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए । यस इनहाउस तालिममा कोशी प्रदेशका सम्पुर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता रहेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया