काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि) बीच ‘स्मार्ट क्युआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।
यस सम्झौता अनुसार हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्युआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले क्युआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा पनि लिन सक्नेछन् ।
क्युआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इएमभि स्टान्डर्ड पालना गर्दै नेपाल क्युआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो ।
लेनदेन सेवा प्रालिको कार्यलयमा आयोजित कार्यक्रममा (SCT)का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज घिमिरे र हाम्रो पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
स्मार्ट क्युआर (SmartQR) मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे फर्स्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया