काठमाडौं । नेकपा (एमाले) का नेताहरूले पार्टीबाट पूर्व उपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन् ।
आइतबार केन्द्रीय कमिटिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनीहरूले यस्तो बताएका हुन् । केन्द्रीय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नभएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताए । उनकाअनुसार पार्टीले सोधको स्पष्टीकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो ।
उनले भने, ‘हामीले पार्टीको दसौँ महाधिवेशनमा उपाध्यक्ष बन्नको लागि निकै अनुनय विनय गर्यौँ हामीले । उहाँले पार्टी अध्यक्ष बन्ने तीव्र इच्छा जनाउनु भयो । पार्टी अध्यक्षबाट पराजित भइसके पछिको पहिलो केन्द्रीय कमिटिको बैठकमा नै हामीले उहाँलाई केन्द्रीय सदस्यको रुपमा पार्टीमा काम गर्न अनुरोध गर्यौँ । उहाँले त्यो प्रस्तावलाई स्वीकार गर्नुभएन । त्यसपछि उहाँलाई सल्लाकार समितिमा बस्ने भूमिका दियौँ । त्यो पनि उहाँले स्विकार्नु भएन । तीन वर्षदेखि उहाँ पार्टीको कुनै गतिविधिमा रहनु भएन । र पार्टीका हरेक निर्णय र हरेक राम्रा गतिविधिका विरुद्धमा उहाँ लाग्नुभयो । स्पष्टीकरण सोध्दा दिनु भएन । उहाँले आफूलाई नै निष्क्रिय बनाउनुभएको थियो । उहाँले नयाँ अभियान सञ्चालन गर्ने सूचना पार्टीले पाएपछि निष्कासन गरेको हो । यो एकदमै सामान्य र औपचारिक प्रक्रिया हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया