काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी छ । बैठक आइतबारदेखि काठमाडौंको एक होटेलमा जारी छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । प्रदेश अध्यक्षहरुले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन् । आज अध्यक्ष दाहालले प्रस्तुत गरेका राजनीतिक र सांगठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरुले आफ्ना धारणाहरु राख्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया