भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको सामान बरामद

लोकपथ
357
Shares

काठमाडौं । अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ । रौतहट यमुनामाई बमनहर चौकबाट प्रहरीले आइतबार १ लाख  ३७ हजार पाँच सय एकाइस रुपैयाँ बराबरको चिनी, कपडा बरामद गरेको हो । 

ना.१ ह. ७२०८ नम्बरको अटो रिक्सालाई चेक जाँच गर्ने क्रममा रिक्सा भित्रबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको उक्त मूल्य बराबरको चिनी, कपडा बरामद गरेको प्रहरीले जनाएको छ । 

बरामद सामन र अटो रिक्सासमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?