काठमाडौं । ‘ह्यात होटेल्स कर्पोरेसन’ र ‘सिटी होटेल लिमिटेड’ले ‘ह्यात प्लेस’ काठमाडौं अब ‘ह्यात सेन्ट्रिक’ सोल्टीमोड काठमाडौंमा रूपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ‘ह्यात सेन्ट्रिक’ ब्रान्डको होटेल हो ।
काठमाडौंको सोल्टीमोडमा अवस्थित यस होटेलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्ने जनाएको छ ।
ह्यात सेन्ट्रिक सोल्टी मोड काठमाडौंले आधुनिक यात्रुहरूलाई नेपालको राजधानीको सारलाई अनुभव गर्न स्वागत गर्ने र आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरूको जीवन्त मिश्रण प्रदान गर्ने जनाएको छ ।
यस होटेलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ।
नव रूपान्तरित स्थानहरू तथा विशिष्ट अनुभवहरू ह्यात सेन्ट्रिक होटेलको प्रत्येक कुनाले काठमाडौं सहरको कथाहरू व्यक्त गर्ने पनि कम्पनीले जनाएको छ ।
सिटी होटेल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्यानले पुनः निर्माण तथा नवीकरण पश्चात् ह्यात सेन्ट्रिक ब्रान्डलाई नेपालमा प्रस्तुत गरी अतिथिहरूलाई काठमाडौंको संस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित भएको बताए । उनले ह्यात सेन्ट्रिक खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको र यात्रुहरूलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्न तत्पर हुने विश्वास व्यक्त गरे ।
ह्यात सेन्ट्रिक सोल्टी मोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले वर्ल्ड अफ ह्यात सदस्यहरूलाई नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्रान्डको होटेलमा स्वागत गर्न पाउँदा उत्साहित रहेको बताए । उनले काठमाडौंको सारलाई होटेलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु ह्यात सेन्ट्रिकको मुख्य उद्देश्य रहेको बताए । मिहिन डिजाइनदेखि नवीन पाककला प्रस्तुत गरी प्रत्येक यात्रीको रोमाञ्चक यात्राको सुरुवात बिन्दु बन्न चाहेको उनको भनाइ छ ।
होटेलका आधुनिक सुविधाहरू र विशेषताहरू
जीवन्त लबी
लबीलाई यात्रुहरूलाई स्वागत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रूपमा प्रस्तुत गरी खोजीको केन्द्रको रूपमा पुनः परिकल्पना गरिएको छ।
होटेलको प्रवेश द्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्त्वहरू र मूर्तिहरू राखी डिजाइन गरिएको छ। मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्याउन आफ्ना स्थानीय ज्ञान बाँड्न सदैव तयार छन्।
इभेन्ट स्पेस
८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधाहरू सहित उपलब्ध छ । अतः १० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरू बैठक, विवाह र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् । यी सबै स्थानहरू अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्दछ ।
सेंट्रिक लाउन्ज
सेंट्रिक लाउन्ज जीवन्त कम्युनिटी बार हो । जहाँ स्थानीयहरू र अतिथिहरूले विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल र स्थानीय स्वादले प्रेरित परिकारहरूको साथमा रमाउन सक्दछन्।
खानपान र पेय अनुभवहरू
पुरा दिन सञ्चालन हुने रेस्टुरेन्ट जसले स्थानीय स्वादको तड्का मिसिएका विश्वभरका परिकारहरू सरलता र वास्तविकतालाई पेस गर्दछ ।
जिङ स्काई पुल बार र डेक काठमाडौंको शानदार दृश्यहरू तथा स्थानीय र अन्तर्राष्ट्रिय प्रभावबाट प्रेरित मेनु सहितको एक आधुनिक पुलसाइड पनि यसको विशेषता हो ।
आराम र रोमाञ्च अनुभव
ह्यात सेन्ट्रिक सोल्टी मोड काठमाडौंको १५३ कोठाहरू उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ। यस होटेल अतिथिहरूलाई निःशुल्क वाई फाइ तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने मनसायले बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया