नेपालमा वर्ल्ड अफ डान्स यूएसए डिजिटल माध्यमबाट अडिसन दिन सकिने

लोकपथ
35
Shares

काठमाडौं । सर्वोकृष्ट डान्स प्ल्याटफर्म वर्ल्ड अफ डान्स यूएसए नेपालमा आयोजना हुने भएको छ । मण्डला इन्टरटेनमेन्टले माघ २४ गते (बिहिबार) अलोफ्ट होटल ठमेलमा आयोना गर्न लागेको हो । 

देशभर लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउनका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

यसका लागि देशका ७७ वटा जिल्लाबाट ३ सय भन्दा बढी डान्सरहरुको डिजिटल माध्यबाट आवेदन परेको आयोजकले जनाएको छ । 

वर्ल्ड अफ नेपालमा सहमागिहरुले तीन विधाहरुमा सहमागिता जनाउन सक्ने छन् । जसमा अपर टिम डिभिजन जसमा जुनसुकै उमेर समूहले सहभागी हुन पाउने छन् । दोस्रो सिनियर टिम डिभिजन १८ भन्दा माथिका उमेर समूहले सहभागी लिन पाउनेछन् । तेस्रो १८ भन्दा मुनिका वा सो उमेर समूहले भाग लिन सक्ने छन् ।

डिजिटल अडिसन मार्फत छनौटभई नेपाल क्वालिफायर्सको प्रत्येक विधामा सहभागिता जनाउन ३ सय प्रति डान्सर सहभागिता शुल्क बुझाउनु पर्नेछ । यी सबै समूहका विजेताले प्रति डान्सर नगद एकलाख सहित ट्रफी र प्रमाण पत्र पाउने छन् ।

प्रत्येक विधाबाट पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने डान्सरहले अमेरिकामा अस एन्जलस कन्भेसन सेन्टरमा यही आउँदो जुलाई १६ देखि जुलाई २१ सम्म हुने वर्ल्ड अफ फाइनलमा नेपाललाई प्रतिनिधित्व गरी सहभागी हुन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?