काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल पुनः बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा चुनिएका छन् । सिबिफिनको पाँचौँ साधारण सभाले शुक्रवार सचिव बाहेक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
पौड्याल यसअघि पनि परिसंघका अध्यक्ष थिए । सिबिफिन कार्यसमितिका १७ मध्ये १६ जना सर्वसम्मत चुनिएका हुन् । सचिव पदका लागि भएको निर्वाचनमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल विजयी भएका छन् ।
सचिव पदका लागि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र एक्सेल डेभलपमेन्ट बैंकका अध्यक्ष महेन्द्रकुमार गोयल बीच प्रतिस्पर्धा भएको थियो, जसमा पौडेलले ३२ मत ल्याएर जित हासिल गरेका हुन् । यसै गरी, गोयलले २३ मत प्राप्त गरेका थिए। कुल ७६ मतदाता रहेको परिसंघमा ५५ जनाले मतदान गरेका थिए ।
साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय दोहोरिएका छन् ।
उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत भएका हुन् कोषाध्यक्षमा एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सह कोषाध्यक्षमा गोरखा फाइनान्सका गौरव बुढाथोकी सर्वसम्मत भएका छन् ।
सदस्यहरूमा नेपाल बैंकका चन्द्रबहादुर अधिकारी, ग्लोबल आईएमई बैंकका राधेश पन्त, एनएमबी बैंकका मनोजकुमार गोयल, कुमारी बैंकका राजाराम खड्का, एभरेस्ट बैंकका बाल गोपाल वैद्य, प्रभु बैंकका लीलाप्रकाश सिटौला, लक्ष्मी सनराइज बैंकका रमण नेपाल, कामना सेवा विकास बैंकका सुदीप आचार्य, लुम्बिनी विकास बैंकका चिन्तामणि भट्टराई र प्रोग्रेसिभ फाइनान्सका लक्ष्मीप्रसाद महर्जन सर्वसम्मत भएका हुन् ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया