काठमाडौं । सोमबार शेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से सूचक ४९.१२ विन्दुले बढेर २६४०.६८ अंकमा आएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् ।
त्यस्तै, यस दिन सेन्सेटिभ इन्डेक्स ६.६९ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५ अंक बढेको छ।
सोमबार नेप्से सूचकसहित कारोबार रकम पनि बढेको छ । यस दिन छ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज छ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
हाइड्रावारि तथा इन्भेष्टमेन्ट समूहका सूचकहरू सबैभन्दा धेरै बढेका छन् । वाणिज्य बैंक समूहमा पनि १.०९ प्रतिशतको वृद्धि देखिएको छ ।
यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा शेयर कारोबार भएको छ।
सोमबार ३१२ कम्पनीको एक करोड ५४ लाख ६० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । २९ करोडभन्दा बढीसहित एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी कारोबार रकममा अग्रस्थानमा छ ।
लामो समयपछि बजारमा फराकिलो अंकको वृद्धि देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया