एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमा फर्किए

लोकपथ
77
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा एमालेमा फर्किएका छन् ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले उनलाई स्वागत गरेका हुन् ।

चेपाङ एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन् ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य समेत हुन् ।

बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोल्नुभएको छ भने स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?