माओवादी केन्द्रीय कमिटी बैठक : ८० नेताले राखे धारणा

लोकपथ
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औँ केन्द्रीय कमिटीको छैठौँ बैठकको दोस्रो दिनको छलफल सकिएको छ।

१८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले आ–आफ्नो धारणा राखेका छन् ।

बैठक भोलि बिहान ११ बजेसम्मा लागि स्थगित भएको छ ।

आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबारबाट माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?