काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै आजैबाट लागू हुने गरी भाडादर बढाइएको जनाएको हो ।
जसअनुसार यात्रुवाहक सवारीको भाडा ३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ० दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ० दशमलव ०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।
विभागले सार्वजनिक यातायात सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा बजार अध्ययन, विश्लेषण तथा सरोकारवाला पक्षसँगको परामर्शपछि मन्त्रीस्तरीय सहमतीका आधारमा भाडा बढाइएको जनाएको छ ।
जसअनुसार ५८४ किमिको दूरीमा रहेको काठमाडौं–गौरीगञ्जको भाडा यसअघि १ हजार ६ सय ५४ रहेकोमा अब सामान्य सार्वजनिक सवारीका हकमा १७०९, डिलक्समा २०५१ र सुपर डिलक्समा २४६१ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया