काठमाडौ । सरकारले विभिन्न ७ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १२ कर्मचारीको सरुवा गरेको छ ।
जसमा ७ जिल्लाका सीडीओ, १ जिल्लाको सहायक सीडीओसहित ४ सहसचिवको सरुवा गरेको हो ।
गृहमन्त्रालय सरुवा सूची अनुसार काठमाडौंका हालका सीडीओ जयनारायण आचार्यलाई गृहमन्त्रालय सिंहदरबार तानिएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुखमा ऋषिराम तिवारीको सरुवा भएको छ । तिवारी हाल गृहमन्त्रालयमा रहेका थिए ।
त्यस्तै कैलालीको सीडीओ रहेका धमेन्द्रकुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ । त्यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका रामचन्द्र तिवारीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै गृहमन्त्रालयमा कार्यरत सहसचिव गोगनबहादुर हमाललाई जिल्ला प्रशासन कार्यालय कैलाली सरुवा गरिएको छ । हमाललाई कैलाली प्रशासन प्रमुखको जिम्मेवारीसहित सरुवा गरिएको हो ।
सबै हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया