काठमाडौं ।
मङ्गलवार बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भूकम्पको केन्द्रबिन्दु चीनको सिगात्से नजिक रहेको खुलेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको सिगात्सेबाट २३ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्काको मापन ७ दशमलव १ म्याग्निच्युड मापन गरिएको छ । चीनमा गएको भूकम्पको धक्का नेपाल, भारत, बङ्गलादेश र भुटानमा समेत महसुस गरिएको छ ।
नेपालका हिमाली भूभागमा भूकम्पको धक्का बढी महसुस गरिएको छ । सोलुखुम्बुको लोबुचे हिमाल आसपासका बस्तीमा क्षतिको आङ्कलन गरिएको छ । यद्यपि भूकम्प गएको ४० मिनेटसम्म क्षतिको कुनै जानकारी नआएको सोलुखुम्बुका डिएसपीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया