काठमाडौं । चीनको सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति पुराएको हुनसक्ने भन्दै सोलुखुम्बु प्रहरीले कर्मचारीलाई स्ट्याण्डवाई राखिएको जनाएको छ । मङ्गलवार बिहान गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पको सम्भावित क्षतिलाई न्यूनीकरण गर्न प्रहरीलाई स्ट्याण्डवाई राखिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका द्वारिका प्रसाद घिमिरेका अनुसार हालसम्म जिल्लामा क्षति भएको बारे कुनै जानकारी नआएको भए पनि भूकम्पको ठुलो धक्का महसुस गरिएकाले प्रहरीलाई स्ट्याण्डवाई राखिएको जनाएको छ ।
सोलुखुम्बुको लोबुचे हिमाल नजिकै रहेको चीनको सिगात्सेबाट २३ किलोमिटर टाढा ७ दशमलब १ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ठुलो रहेको र लोबुचे आसपासका क्षेत्रमा क्षति पुराएको आशंका गरिएको थियो । यद्यपि त्यस क्षेत्रमा मोबाइल सम्पर्क नरहेको कारण क्षति भएको छ कि छैन भन्ने जानकारी नआएको र त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । अहिले दिङबोचेबाट लोबुचेतर्फ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलु प्रहरीले भूकम्पका कारण कहीँ कतै कुनै क्षति भएको भए तत्काल जानकारी दिन आग्रह गरेको छ । प्रहरीले ०३८–५२०१९९, ९८५२८९०१९९ लाई हटलाइन बनाएर काम गरिरहेको र प्रहरीको कन्ट्रोल रुम १०० मा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
प्रहरीले सम्भावित क्षतिको पूर्व तयारीस्वरुप उद्धार सामाग्रीसहित प्रहरीलाई विभिन्न स्थानमा स्ट्याण्डवाई राखिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया