सातदोबाटोमा मध्यराति सीआईबीको छापा, ५३ जना पक्राउ

लोकपथ
1.1k
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार मध्यराति ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरमा छापा हानेको छ । सो क्रममा प्रहरीले ५३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाका अनुसार, पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक र अन्य नेपाली छन् ।

उनीहरुको साथबाट ८५ वटा ल्यापटपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?