चीनमा शक्तिशाली भूकम्प : कम्तीमा ३६ को मृत्यु, धेरै घरमा क्षति

लोकपथ
4.7k
Shares

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पमा परी चीनमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने केही घर भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाएअनुसार, धेरै घाइते भएको र उद्धारको कार्य जारी रहेकाले मृतक संख्या बढ्ने सम्भावना छ ।

आज सोमबार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेट (चीनमा ९ बजेर ५ मिनेट) मा चीनको जिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो । तर नेपालको भूकम्प मापन केन्द्रले आजको भूकम्प ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?