काठमाडौं । मित्रराष्ट्र चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
अमेरिकी भौगर्भिक सोसाइटी (यूएसजीएस) का अनुसार मंगलबार बिहान ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प जाँदा नेपाल र भारतमा समेत धक्का महसुस भएको थियो ।
तिब्बतको स्थानीय समय अनुसार बिहान ९ः०५ मा ७.१ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै पराकम्पन गएको सीएनएनले जनाएको छ ।
त्यस्तै भूकम्पमा अन्य ६२ जना घाइते भएका छन् भने केन्द्रबिन्दु रहेको टिंगरी काउन्टीमा १,००० भन्दा बढी घरमा क्षति पुगेको जनाइएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्ययम सीटीजीएनका अनुसार भूकम्पको केन्द्रबाट लगभग ८६ किलोमिटर (५३ माईल) ल्हात्से काउन्टीको सडकमा क्षतिग्रस्त छाना, पसलको अगाडि र मलबेको थुप्रो देखाएको छ । सडकमा पार्किङ गरेका केही कार र मोटरसाइकलमा पनि क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया