भूकम्प अपडेट : कुन जिल्लामा कस्तो असर पर्‍यो ?

लोकपथ
735
Shares

काठमाडौं । उत्तरी छिमेकी देश चीनको तिब्बतको डिंगो काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालका विभिन्न जिल्लाहरुमा समेत असर पुर्याएको छ ।

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपलब्ध गराएको तथ्यांक अनुसार संखुवासभामा कडा धक्का महसुस भएको थियो । केही भौतिक संरचनामा क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन । त्यस्तै भोजपुरमा समेत भूकम्पको धक्का महसुस भए पनि कुनै मानवीय तथा भौतिक क्षति भने नभएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

भूकम्पको असर पूर्वी नेपालका केही जिल्लामा समेत असर देखियो । झापा र सुनसरीमा भूकम्पको सामान्य धक्का महसुस भएको थियो । त्यस्तै मधेश प्रदेशका समेत कतिपय जिल्लामा सामान्य धक्का महसुस भएको थियो ।

बागमती प्रदेशका काठमाडौं उपत्यका र उत्तर तर्फका तिब्बतसँग सीमाना जोडिएका जिल्लाहरुमा कडा धक्का र कम्पन महसुस भएको थियो । तर कुनै मानवीय र भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।

बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । सिगात्से आसपास ७ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।

यो पनि…

सोलुखुम्बुमा उद्धार सामाग्रीसहित प्रहरीलाई स्ट्याण्डवाई राखियो

चीनमा शक्तिशाली भूकम्प : कम्तीमा ३६ को मृत्यु, धेरै घरमा क्षति

तिब्बत भूकम्प : मृत्यु हुनेको संख्या ५३ पुग्यो

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण संकलन गरिँदै

काठमाडौंमा भूकम्पको धक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?