काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औँ केन्द्रीय समितिको छैठौँ बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ ।
मंगलबारको बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुमा आफ्नो संक्षिप्त धारणा राखेका थिए ।
प्रचण्डले आफ्नो धारणा राख्दै सबैको सर्वसम्मत धारणा खाएकाले दिउँसो २ बजेसम्म राजनीतिक प्रस्तावमाथि छलफल हुने जानकारी गराए ।
त्यस्तै आज नै बैठक सकिने प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु भएको थियो । बैठकमा बोल्नका लागि १८० जनाले नाम टिपाएका थिए, जसमध्ये ८० जनाले मंगलबारसम्म आफ्नो धारणा राखेका छन् भने बाँकीले आज आफ्नो धारणा राख्नेछन् । एक जनालाई आफ्नो धारणा राख्न १ मिनेटको समय दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया