इटहरीमा सिप्रदी ट्रेडिङद्वारा टाटा म्याजिक बीएस६ सार्वजनिक

लोकपथ
168
Shares

मोरङ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले इटहरी शाखाबाट टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ। सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीको छ ।

कार्यक्रममा कोशी विक्रम यातायातका अध्यक्ष संजय सिंह, इटहरी यातायातका अध्यक्ष महेश घिमिरे र सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दासको उपस्थितीमा उक्त म्याजिक भ्यान सार्वजनिक गरिएको हो ।

सिप्रदीका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले टाटा म्याजिक बीएस६ ले सहरी यातायातलाई मात्र नभई मोरङ क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले यसको उच्च माइलेज, कम मर्मत खर्च र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्ने बताए।

टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?