भूकम्पका कारण सोलुखुम्बुमा १ र ओखलढुंगामा २ घर भत्कियो

लोकपथ
630
Shares
फाइल तस्बिर

काठमाडौं । छिमेकी देश चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी चीनसँगको सीमावर्ती जिल्लाहरुमा असर देखिएको छ ।

कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने हुन पुगेको छ ।

सशस्त्र प्रहरीका अनुसार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा २ तले घरको गारो सामान्य चर्किएको छ । स्थानीय हर्क बहादुर खत्रीको ढुंगा माटोले बनेको २ तले घरमा क्षति पुगेको हो ।

त्यस्तै ओखलढुंगाका केही घरमा क्षति पुगेको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ चुहानछाप बस्ने हिमाल कार्कीको ढुङ्गा माटोले बनेको घर सामान्य चर्किएको हो ।

त्यस्तै ओखलढुंगाकै चिसंखुगढी गापा ५ सिरीसेका इन्द्र बहादुर परियारको जिर्ण अवस्थामा रहेको भान्सा घर पूर्ण रुपमा भत्किएको सशस्त्र प्रहरीले जनाएको छ ।

आज बिहान नेपाली समय अनुसार ६ः५० बजे नेपालमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परी चीनमा हालसम्म ५३ जनाको मृत्यु भएको छ । कम्तीमा ६२ जना घाइते हुँदा हजारौँ घरहरुमा क्षति पुगेको छ ।

यो पनि…

सोलुखुम्बुमा उद्धार सामाग्रीसहित प्रहरीलाई स्ट्याण्डवाई राखियो

चीनमा शक्तिशाली भूकम्प : कम्तीमा ३६ को मृत्यु, धेरै घरमा क्षति

तिब्बत भूकम्प : मृत्यु हुनेको संख्या ५३ पुग्यो

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण संकलन गरिँदै

काठमाडौंमा भूकम्पको धक्का

भूकम्प अपडेट : कुन जिल्लामा कस्तो असर पर्‍यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?