क्यानडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। सोमबार ट्रुडोले दुवै पदबाट राजीनामा दिएका हुन्।
यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्। ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट पनि राजीनामा दिने घोषणा गरेका थिए ।
ट्रुडोले सोमबार बिहान पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्दै प्रधानमन्त्रीका रूपमा हरेक दिन सेवा गर्न पाउनु सम्मानको कुरा भएको बताएका छन् । उनले कोरोना महामारीको समयमा गरेको सेवा, र लोकतन्त्र बलियो बनाउन गरेको कार्यको स्मरण गरे । आफू लडाकु भएको र कहिल्यै नथाक्ने बताउँदै उनले मुलुकमा राम्रो व्यापार वृद्धिका लागि पनि कार्य गरेको स्मरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया