काठमाडौं । नेपालमा भूकम्पको कुरा गर्दा विसं १९९० साल हरेक नेपालीले सम्झिने गर्दछन् । तर त्यसयताको समयमा पनि विभिन्न समयमा भूकम्पहरु गए पनि ०७२ साल वैशाख १२ गतेको भूकम्पले आम नेपालीलाई अहिलेसम्म पनि तर्साइरहेको छ ।
त्यसपछि पनि विभिन्न साना ठूला भूकम्प गइरहेका छन् । गत वर्ष रुकुम पूर्व र जाजरकोटमा भूकम्प जाँदा नागरिकको ज्यान जानुका साथै ठूलो भौतिक क्षति समेत हुन पुग्यो ।
०७२ सालको विनाशकारी भूकम्पका कारण आम नेपालीहरुलाई साना ठूला भूकम्पले त्रसित बनाउने गर्दछ । मंगलबार बिहान छिमेकी देश चीनको तिब्बतस्थित सिगात्सेमा केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालका केही जिल्लामा असर पुर्याएको छ ।
काठमाडौंसहित केही पूर्व जिल्ला भूकम्पको राम्रो धक्का महसुस भएको थियो ।
यहाँ विश्वका विभिन्न देशमा गएका शक्तिशाली भूकम्पको विषयको विषयमा चर्चा गरिएको छ ।
तान्शान, चीन
सन् १९७६ जुलाई २७, मा चीनको तान्शान शहरमा ७.५ म्याग्नेच्युट भूकम्प गएको थियो । भूकम्पमा परी ६ लाख ५५ हजार जनाको मृत्यु भएको थियो । चीनमा विगत चार शताब्दीमा गएको भूकम्प मध्य यो भूकम्पमा सबे भन्दा धेरै मान्छे मरेका थिए ।
हाइटी
सन् २०१० जनावरी १२ मा हाइटीमा ७ म्याग्नेच्युटको भूकम्प गएको थियो । जसमा परी २ लाख २२ हजार ५ सय ७० जनाको मृत्यु भयो । ३ लाख भन्दा धेरै मानिस घाइते भएका थिए । १.३ मिलियन मानिस विस्थापित भएका थिए । ९७ हजार २ सय ९४ घरहरू भत्किएका थिए ।
अश्गाबत, तुर्कमेनिस्तान,
सन् १९४८ अक्टुबर ५ मा तुर्कमेनिस्तानको अश्गाबत शहरमा ७.३ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पमा १ लाख १० हजार जनाले ज्यान गुमाएका थिए । यो भूकम्पले अश्गाबत र वरपरका गाउँहरूमा अत्या धिक क्षति पुर्याएको थियो ।
शेन्सी, चीन
सन् १५५६ जनावरी २३ मा चीनको शेन्सी शहरमा शक्तिशालि ८ (म्याग्नेच्युट) को भूकम्प गएको थियो । यो भूकम्प शानक्सीको प्रान्तको राजधानीमा आएको थियो । भूकम्पले क्षतिग्रस्त क्षेत्रको सबै घरहरू भत्किएको र अधिकांश शहरको पर्खालहरू भत्किएको थियो । उक्त भूकम्पमा ८ लाख ३० हजार जनाको मृत्यु भएको थियो ।
अलेप्पो, सिरिया
सन् ११३८ अगस्ट ९ मा सिरियाको अलेप्पो शहरमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्प कति म्याग्नेच्युट भने यकिन बताइएको छैन । यद्यपि भूकम्पमा परी २ लाख ३० हजार मानिसको ज्यान गयो । भूकम्प सिरियाको दक्षिणी भागमा लगभग २२० माईलसम्म महसुस भएको बताइएको थियो । उत्तरी सिरिया र पश्चिमी टर्कीमा विनाशकारी क्षेत्रहरूमा अलेप्पो पहिलो भूकम्प हो ।
सुमात्रा, इन्डोनेशिया
सन् २००४ डिसेम्बर २६मा इन्डोनेशियामा शक्तिशालि भूकम्प गएको थियो । उक्त भूकम्प ९.१ म्याग्नेच्युटको थियो । भूकम्पमा परी २ लाख २७ हजार ८ सय ९८ जनाको ज्यान गुमाएका थिए । यो १९०० पछि विश्वको ठूलो भूकम्प हो । भूकम्पले १.७ मिलियन मानिस विस्थापित भएका थिए ।
दम्हन, ईरान
८५६ डिसेम्बर २२ मा ईरानको दम्हनमा शक्तिशालि भूकम्प गएको थियो । उक्त भूकम्प कति म्याग्नेच्युटको थियो भन्ने मापन छैन । तर भूकम्पमा परी २ लाख जनाको मृत्यु भएको थियो । शहरको अधिकांश भाग ध्वस्त भएको थियो ।
हैयुआन निग्स्यिा चीन,
सन् १९२० डिसेम्बर १६ मा ७.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी २ लाख जनाको मृत्यु भएको थियो ।
यस भूकम्पले लिजुनबू (हैयुआन) ग्यान्यान्ची क्षेत्रमा पूर्ण विनाश ल्याएको थियो ।
अर्डबिल, ईरान,
८९३ मार्च २३ मा ईरानको अर्डबिलका गएको शक्तिशालि भूकम्पका परी १ लाख ५० हजार जनाको मृत्यु भएको थियो । उक्त भूकम्प कति म्याग्नेच्युट को हो भन्ने मापन छैन् । ३७ वर्ष पछि इरान फेरि ठूलो भूकम्पले गएको थियो । भूकम्पले देशको उत्तरपश्चिम भागको सब भन्दा ठूलो सहरलाई ध्वस्त पारेको थियो ।
कन्टो, जापान,
सन् १९२३ सेप्टेम्बर १ मा जापानको कन्टोमा ७.९ म्याग्नेच्युटको भूकम्प गएको थियो । जसमा १ लाख ४२ हजार ८ सय जनाको मृत्यु भयो । यो भूकम्पले टोकियो- योकोहामा क्षेत्रमा अत्यधिक विनाश ल्याएको थियो ।
यो पनि…
सोलुखुम्बुमा उद्धार सामाग्रीसहित प्रहरीलाई स्ट्याण्डवाई राखियो
चीनमा शक्तिशाली भूकम्प : कम्तीमा ३६ को मृत्यु, धेरै घरमा क्षति
तिब्बत भूकम्प : मृत्यु हुनेको संख्या ५३ पुग्यो
सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण संकलन गरिँदै
भूकम्प अपडेट : कुन जिल्लामा कस्तो असर पर्यो ?
९० सालको भूकम्पबारे जुद्धशमशेरले यसो भनेका थिए
भूकम्पका कारण सोलुखुम्बुमा १ र ओखलढुंगामा २ घर भत्कियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया