नेपाल लाइफ क्यापिटलको ११औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

लोकपथ
70
Shares

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ११ औँ वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन पनि गरेको छ । सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

यसका साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औँ बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?