काठमाडौं । चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
भूकम्पमा परी १३० जना भन्दा बढी घाइते भएको चिनियाँ राष्ट्रिय मिडियालाई उदृत गर्दै बीसीसीले जनाएको छ ।
मंगलबार बिहान चीनको स्थानीय समय अनुसार ९ बजे आसपास (नेपाली समय अनुसार ६ः५० बजे) ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पका कारण नेपाल र भारतका समेत केही स्थानमा त्यसको कम्प महसुस भएको थियो । भूकम्पका कारण तिब्बत र चीनमा हजारौँ घरहरुमा क्षति पुगेको छ ।
नेपालका सोलुखुम्बु, ताप्लेजुङ लगायतका जिल्लासहित काठमाडौं लगायत बागमती प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको थियो । नेपालका केही जिल्लामा केही भौतिक संरचनाहरुमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन ।
भूकम्पपछि पनि चीनमा निरन्तर पराकम्पहरु आइरहेका छन् ।
यो पनि…
सोलुखुम्बुमा उद्धार सामाग्रीसहित प्रहरीलाई स्ट्याण्डवाई राखियो
चीनमा शक्तिशाली भूकम्प : कम्तीमा ३६ को मृत्यु, धेरै घरमा क्षति
तिब्बत भूकम्प : मृत्यु हुनेको संख्या ५३ पुग्यो
सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण संकलन गरिँदै
भूकम्प अपडेट : कुन जिल्लामा कस्तो असर पर्यो ?
९० सालको भूकम्पबारे जुद्धशमशेरले यसो भनेका थिए
भूकम्पका कारण सोलुखुम्बुमा १ र ओखलढुंगामा २ घर भत्कियो
हालसम्म कहाँकहाँ गएको थियो शक्तिशाली भूकम्प ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया