काठमाडौं । बाइडबडी जहाज खरिद प्रकरणको छानबिन समिति बनाउन संसदीय समितिमा आवाज उठेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले त्यस्तो माग गरेका हुन् ।
पूर्व मन्त्री एवं समिति सदस्य समेत रहेका सांसद खनालले वाइडबडी भ्रष्टाचार प्रकरणमा नेपाली मूलका बेलायती नागरिकले ३३ करोड रुपैयाँ नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरिसकेको अवस्थामा त्यसको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरे ।
‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि नै विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा समेत प्रश्न उठेको छ । त्यसैले सभापतिज्यू एउटा छानबिन समिति बनाउँ । पछिल्लो समय उठेका विषय नजिकबाट हेरौँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया