काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरु संघीयताप्रति उदार बन्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरु सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए । उनले संघीयताप्रति अनुदार भएर विकासका कामहरु हुन नसक्ने बताए । महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्ने कुरा नयाँ र क्षेत्रीय दलहरुलेसमेत भन्न नसकेको बताए ।
उनले सबैलाई सरकारमा बस्नका लागि सर्त नराखिकन अघि बढ्ने गरेको बताए । उनले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिने गरी सोच बनाइने गरेको बताए ।
महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताए । प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया