काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट भ्रष्टाचारविरुद्ध कदम चाल्ने कमिट्मेन्ट चाहिएको बताए ।
नेपाली कांग्रेसको साथमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा गलत काम गरिरहेका मन्त्रीहरुलाई बर्खास्त गरेर अघि बढ्न सुझाव समेत दिए ।
‘अहिले हामीले बनाएका प्रधानमन्त्री हुनुहुन्छ । उहाँबाट हामीलाई अहिले के कमिट्मेन्ट चाहिएको छ भने उहाँले उहाँको क्याबिनेटमा भएका मन्त्रीहरुमाथि कुनै भ्रष्टाचारको काण्ड लागेको थाहा हुने बित्तिकै त्यसलाई बर्खास्त गर्न सक्नुपर्छ,’ महामन्त्री थापाले भने ।
त्यस्तै अहिले सबै दल आगामी ०८४ सालको निर्वाचन पछि मात्रै काम गर्ने कुरामा रुमल्लिएको भन्दै बाँकी बसेको ३ वर्षको समयमा चाँही कसले काम गर्ने भन्दै पश्न गरे । साथै नेपाली कांग्रेस अहिलेको सबैभन्दा ठूलो दल भएका कारण कांग्रेसले ०८४ को निर्वाचनपछि नभइ अहिलेबाट नै निराश भएका युवाहरुको माग सम्बोधन हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
‘कांग्रेसले ०८४ सालमा यो गर्छौँ भनेर भन्न पाउँदैनौँ । अझै निर्वाचन आउन तीन वर्ष बाँकी छ भने कामचाँही ८४ मा गर्ने कि ०८४ कुर्ने ?,’ महामन्त्री थापाले भने, ‘यो तीन वर्ष विकासको मानक स्थापना गर्न सक्नुपर्छ ।’
वीपी कोइराला र गिरिजाप्रसाद कोइराला पालाको सरकारको पालाको विकासको लय जस्तै आगामी ०८४ सालको निर्वाचनमा जाँदा कामको फेहरिस्त दिनसक्नुपर्ने बताए ।
नेतृत्वको मति ठिक नभएका कारण विकासको गति ठिक हुन नसकेको बताए । साथै नेतृत्वको मति भ्रष्टाचारले बिगारेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया