एक वर्षभित्र नवौँ महधिवेशन गर्ने प्रचण्डको प्रस्ताव सर्वसम्मत पारित

लोकपथ
63
Shares

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठक समापन भएको छ ।

काठमाडौंमा आइतबारदेखि सुरु केन्द्रीय समितिको बैठक मंगलबार सकिएको हो ।

बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भएको थियो। प्रचण्डको प्रस्तावमाथि ११८ जनाले आफ्नो धारणा राखेका थिए।

बैठकले एक वर्षभित्र पार्टीको नवौं महधिवेशन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले नवौं महाधिवेशन छिट्टै गर्ने बताएका थिए। महाधिवेशनमा जानुअघि फागुन १ गतेदेखि विशेष अभियान चलाउने र असारमा केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने अध्यक्ष प्रचण्डले बताए।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि विचार राख्ने क्रममा उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मालगायतले विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?