महिला फुटबल टोलीलाई सरकारले दियो नगद पुरस्कार

लोकपथ
105
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सरकारबाट नगद पुरस्कार पाएको छ। असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगद पुरस्कार दिने घोषण गरेको थियो । 

गत कात्तिक १ देखि १४ गतेसम्म आयोजना भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुन पुगेको थियो । पराजित भएसँगै सरकारले तिहारलगत्तै नगद सम्मान गर्ने घोषणा गरेको थियो, तर ढिला गरेरै भएपनि सरकारले आफ्नो बाचा पूरा गरेको हो ।   

 मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला फुटबल  टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ प्रदान गरेका बताएको छ ।   

त्यस्तै, मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख, सहायक प्रशिक्षकद्वय भगवती थापा र विनोद डंगोललाई ६० हजार रुपैयाँसहित सम्मान गरिएको एनफाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?