टोखामा यसरी बन्छ चाकु

माघे सङ्क्रान्तिका लागि चाकु बनाउन व्यस्त छन् टोखाबासी

लोकपथ
126
Shares

काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै टोखाबजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन अनुसार यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो ।

टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ ।

माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ ।टोखावासी मात्रै नभई काठमाडौंका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगि बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?